समाचार

परराष्ट्रमन्त्री ज्ञवाली र विदेश सचिवबीच भेटवार्ता

काठमाडौँ । भारतीय विदेश सचिव हर्षवर्द्धन श्रृंगलाले परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीसँग भेटवार्ता गरेका छन् ।

नेपालको दुई दिने भ्रमणमा रहेका श्रृंगलाले सिंहदरबारस्थित परराष्ट्र मन्त्रालय गएर परराष्ट्र मन्त्री ज्ञवालीसँग भेटवार्ता गरेका हुन् । बिहीबार बिहान काठमाडौँ आइपुगेका सचिव श्रृंगला नेपालका परराष्ट्रसचिव भरतराज पौडेल नेतृत्वको प्रतिनिधिमण्डलसँग होटल याक एण्ड यतीमा द्विपक्षीय बैठक सकेर सिंहदरबार पुगेका थिए ।

श्रृंगलाले भेटमा भारत सरकारका तर्फबाट २ हजार भाइल रेमडेसिभिर इन्जेक्सन पनि हस्तान्तरण गरेका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *