काठमाडौं । नेपाल प्रहरीले केन्द्रीय प्रवक्तामा एसएसपी बसन्तबहादुर कुँवरलाई तोकेको छ । यसअघिका प्रवक्ता एसएसपी कुवेर कडायतको नवलपरासीमा सरुवा भएपछि बिहीबार नेपाल प्रहरी प्रधान कार्यालयले कुँवरलाई प्रवक्ता तोकेको जानकारी दिएको हो ।
‘प्रहरी वरिष्ठ उपरीक्षक बसन्त बहादुर कुवँर मोबाइल ९८५१२९२१११० लाई नेपाल प्रहरीको केन्द्रीय प्रहरी प्रवक्ता तोकिएको जानकारी गराउँदछौ,’ नेपाल प्रहरीले जारी गरेको सूचनामा भनिएको छ । कुँवर प्रहरी प्रधान कार्यालय प्रहरी महानिरीक्षकको सचिवालयमा भर्खरै सरुवा भएर आएका थिए ।




