समाचार

भीमेश्वरमा पसिना, राष्ट्रप्रमुखलाई पठाइयो महाप्रसाद

दोलखा। दोलखाको प्रसिद्ध धार्मिक स्थल दोलखा भीमेश्वर मन्दिरको शिलामा मंगलबार पसिना आएपछि आज राष्ट्रप्रमुखलाई महाप्रसाद पठाइएको छ ।

भीमसेनको शिलामा आएको पसिनालाई पुछिएको कपास महाप्रसादको रुपमा जिल्ला प्रशासन कार्यलय मार्फत राष्ट्र प्रमुखलाई पठाइने चलन रहेको छ । मंगलबार दिउँसो पौने २ बजेदेखि भीमसेनलाई पसिना आएको भीमेश्वर मन्दिर गुठी तथा पूजा व्यवस्थापन समितीका अध्यक्ष भरत श्रेष्ठले बताए।

भीमसेनको शिलामा पसिना आएपछि मन्दिर परिसरमा स्थानीयबासी भेला भई घण्टा, नगरा बजाउँदै अनिष्ट नहोस भन्ने कामना गर्दै क्षमा पूजा गर्ने चलन छ । राष्ट्रप्रमुखले देश र देशवासीहरुमा शान्ति छाओस् भन्ने कामना गर्दै भिमेश्वर मन्दिरमा क्षमा पूजाका लागी आवश्यक सामग्री पठाउने परम्परा रहेको गुठीयारहरुको भनाइ छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *