समाचार

हराएका डिएसपी चौधरी होटलमा युवतीसँग भेटिएपछि…

काठमाडौं । मंगलबार मोबाइस स्विच अफ गरेर सम्पर्कविहीन भएका कैलाली जिल्ला इलाका प्रहरी कार्यालय मालाखेतीका इन्चार्ज प्रहरी नायव उपरीक्षक (डिएसपी) भरतबहादुर चौधरी बुधबार बिहान होटलमा भेटिएका छन् ।
राति ९ बजेपछि सम्पर्कविहीन भएपछि चौधरीको खोजीका लागि जिल्ला प्रहरी कार्यालय कैलालीबाट ठूलो संख्यामा प्रहरी परिचालन गरियो। कैलाली प्रहरीमा हलचल मच्चियो । प्रहरी अधिकृत तनावमा परे। कतै अपहरणमा परे कि भन्ने सन्त्रास फैलियो । यही बेला विप्लव नेतृत्वको नेकपाको पुनर्गठन दिवस भएकाले पनि प्रहरी चिन्तामा परेको थियो ।
कैलालीका प्रहरी नायव उपरीक्षक प्रतिक विष्टको नेतृत्वमा चौधरीको खोजीका लागि राति नै टोली खटाइयो ।
टोलीले बुधबार बिहान कैलालीकै बुढीतोलाको एक होटलमा प्रहरी नायव उपरीक्षक चौधरीलाई युवतीसँग फेला परेको छ । प्रहरीले यस विषयमा अध्ययन गरिरहेको स्रोतले बताएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *