बाँके। महिला, बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्रको नवनिर्मित भवन बुधबार बर्दियामा उद्घाटन गरिएको छ । दुईतले सो भवन रु दुई करोड लागतमा निर्माण भएको हो ।
प्रहरी अतिरिक्त महानिरीक्षक हरिबहादुर पालले भवन उद्घाटन गर्दै महिला तथा बालबालिकालाई दिइने सेवा प्रभावकारी बनाउनुपर्ने बताए ।
जिल्ला कार्यालयका प्रहरी उपरीक्षक केदार रजौरेले पहिले बर्दियामा आफ्नो भवन नरहेका बेला एक कोठाबाट मात्रै सेवा दिइएकामा अब आफ्नै भवनले सहज हुने बताए।




