विश्व

ट्रम्पको विदेश नीति खारेज गर्ने जो बाइडेनको घोषणा

एजेन्सी । अमेरिकाका नवनिर्वाचित राष्ट्रपति जो बाइडेनले डोनाल्ड ट्रम्पले लागू गरेको अमेरिकी विदेश नीति खारेज गर्ने घोषणा गरेका छन् । मंगलबार विशेष सम्बोधनमार्फत बाइडेनले चार वर्षको अन्तरालमा ट्रम्पले लागू गरेको विदेश नीति खारेज गर्ने घोषणा गरेका हुन् ।
रिपब्लिकन राष्ट्रपति डोनाल्ड ट्रम्पले ‘अमेरिका फर्स्ट’ नीति मार्फत अमेरिकालाई विश्व मञ्चबाट अलग र ‘एक्लो’ बनाएको भन्दै बाइडेनले अब सो अध्याय समाप्त भएको बताए ।्
‘यो त्यो टिम हो जसले अमेरिकाले पुनरागामन गर्दैछ र विश्वलाई नेतृत्व प्रदान गर्न तयार छ भन्ने देखाउँछ । फेरि एकपटक अमेरिका विश्व मञ्चको केन्द्रमा बस्ने छ । सल्लाहकार तथा सहयोगीहरुलाई सहजता प्रदान गर्ने र सहकार्यको हात फैलाउने छ यो समूहले, हात छोड्ने छैन । हाम्रा मान्यताहरुका लागि डटेर उभिने छ,’ बाइडेनले भने ।
विश्वका सहयोगी राष्ट्रहरुसँग सहकार्य गरेर नेतृत्वदायी भूमिका निर्वाह गर्दै सामूहिक स्वार्थका लागि काम गर्न अमेरिका पुनः तयार भएको बाइडेनले मंगलबार बताएको समाचार संस्था रोयटर्सले जनाएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *