विशेषगरी पशुपालनमा हुने खोरेत, रेबिज, पिपिआरलगायतका खोप लगाएर रोग लाग्नबाट बचाउन लागिएको भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्रका प्रमुख डा बालकुमार श्रेष्ठले जानकारी दिए । उक्त अभियानअन्तर्गत करिब ८० प्रतिशत पशुमा खोप लगाउन सकिए पूर्ण खोप अभियान सफल भएको मानिन्छ । उनले भने, “पहिलो चरणमा जिल्लाका कुनै दुई पालिकाबाट अभियान सुरुवात गरिनेछ ।” सर्वप्रथम सबै घरमा पुगेर गाईभैँसी, बाख्रा, कुकुरलगायत पशुपक्षीको तथ्याङ्क लिएर अभियान अघि बढाइने उनले बताए । पछिल्लो समय उक्त रोग समस्याका रुपमा रहेकाले यसविरुद्ध खोप दिन थालिएको छ ।
गत वर्ष जिल्लाका ६० हजार बाख्रालाई पिपिआर खोप प्रदान गरिएको सो कार्यालयले जनाएको छ । नगरपालिका र गाउँपालिकाको मागअनुरुप उक्त खोप लगाइएको हो । उनले भने, “बाख्रापालन गर्नेको सङ्ख्या बढ्दै गएकाले यस वर्ष खोपको माग अझै बढ्न सक्ने सङ्केत देखिएको छ ।”
पछिल्लो समय जिल्लामा पशुपालन व्यवसायतर्फ किसान आकर्षित बन्दै गएका छन् । दूध मात्रै वार्षिक ५० हजार मेट्रिक टन उत्पादन भई जिल्ला आत्मनिर्भर बन्दै आएको छ । दूध र अण्डामा तनहुँ आत्मनिर्भर भएपछि अन्यत्र निर्यात गर्दै आइएको छ ।
मासुमा जिल्ला आत्मनिर्भर बने पनि बाह्य जिल्लामा निर्यात भने गर्न सकिएको छैन । कार्यालय प्रमुख डा श्रेष्ठले भने, “अब मासु उत्पादनमा वृद्धि गराई बाह्य जिल्लामा समेत निर्यात गर्ने लक्ष्य राखिएको छ ।” जिल्लामा उत्पादित दूधमध्ये ५० प्रतिशत बाह्य जिल्लामा निर्यात हुँदै आएको तथ्याङ्कमा उल्लेख छ ।
पशुपालन किसानलाई प्रोत्साहन गर्न सरकारले दूधमा प्रतिलिटर रु साढे दुई अनुदानको व्यवस्था गरेको छ । ससाना दुग्ध सहकारी संस्थालाई प्रोत्साहन गर्न रु ९० लाख बजेट विनियोजन गरिएको उक्त कार्यालयले जनाएको छ । जिल्लामा करीब १८ दुग्ध सहकारीमार्फत दूध सङ्कलन हुँदै आएको छ ।
पाँच÷दश हजार लिटर दूध सङ्कलन गर्ने सहकारीलाई भन्दा चारपाँच सय लिटर दूध उत्पादन गर्दै गरेकालाई उक्त अनुदान दिइने व्यवस्था छ । जिल्लामा पछिल्लो समय फर्म दर्ता गरेर व्यवसाय गर्नेको सङ्ख्या बढ्दै गएको छ । हालसम्म जिल्लामा एक हजार बढी फर्म दर्ता भइसकेका छन् । उनले भने, “करिब चार सयको हाराहारीमा गाईभैँसीका मात्रै फर्म सञ्चालनमा छन् ।”
तनहुँ । भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र तनहुँले पशुपक्षीमा पूर्ण खोप लगाउने अभियान सुरु गर्न लागेको छ । पशुपालन क्षेत्रमा उत्पादकत्व वृद्धि गरी जिल्लालाई आत्मनिर्भर बनाउने र आयात प्रतिस्थापन गरी निर्यातमा प्रवर्द्धन गर्ने उद्देश्यले यसै वर्षदेखि उक्त अभियान सुरु गर्न लागिएको हो ।