काठमाडौं । ललितानिवास जग्गा प्रकरणमा मुद्दा खेपेका पूर्वमन्त्री चन्द्रदेव जोशी अदालतमा उपस्थित भएका छन् । विशेष अदालतमा सोमबार उपस्थित भएका जोशी साधारण तारेखमा छुटेका छन् ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा ललितानिवासको जग्गा व्यक्तिको नाममा नामसारी गरेको मुद्दामा उनीसहित १ सय ७५ जनाविरुद्ध विशेष अदालतमा मुद्दा रहेको छ ।
पूर्व भूमिसुधारमन्त्री जोशीसहित अन्यविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा हालेको थियो ।




