समाचार

पोखरामा प्याराग्लाइडिङ दुर्घटना : पाइलटको मृत्यु

पोखरा । पोखरामा प्याराग्लाइडिङ दुर्घटना हुँदा पाइलटको मृत्यु भएको छ । यात्रु गम्भीर घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार आज दिउँसो १ बजे प्याराग्लाइडिङ दुर्घटनामा परेको थियो ।

दुर्घटनामा फिस्टेल प्याराग्लाइडिङका ३८ वर्षीय पाइलट राजु गैरे नेपालीको मृत्यु भएको प्रहरीले जनाएको छ । यात्रु काठमाडौं बुढानिलकण्ठ नगरपालिका-२की २८ वर्षीया शीला श्रेष्ठ गम्भीर घाइते भएकी छन् ।

श्रेष्ठलाई उपचारका लागि काठमाडौं ल्याउने तयारी गरिएको छ । 

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *