काठमाडौं । प्रतिनिधिसभा सदस्यमा समानुपातिकतर्फ रिक्त पदमा नेपाली कांग्रेसका मोहनप्रसाद पाण्डेले आज पद तथा गोपनियताको सपथ लिएका छन् ।
संघीय संसद् सचिवालय सिंहदरबारमा सभामुख अग्निप्रसाद सापकोटाले पाण्डेलाई सपथ खुवाएका हुन् । सांसद सूर्यबहादुर केसीको निधन भएपछि नेपाली कांग्रेसले पाण्डेलाई समानुपातिक सांसद बनाएको थियो ।




