काठमाडौं । नेपाली कांग्रेसका तर्फबाट समानुपातिक सांसद मोहन पाण्डेले आज पद तथा गोपनीयताको शपथ लिने भएका छन् ।
सभामुख अग्निप्रसाद सापकोटाले सोमबार दिउँसो १ बजे संघीय संसद् सचिवालय सिंहदरबारमा पाण्डेलाई पद तथा गोपनीयताको शपथ गराउने कार्यक्रम रहेको सभामुखका प्रेस सल्लाहकार श्रीधर न्यौपानेले जानकारी दिएका छन् ।
कांग्रेसका समानुपातिक सांसद सूर्यबहादुर केसीको निधन भएपछि रिक्त स्थानमा निर्वाचन आयोगले पाण्डेलाई सांसद निर्वाचित भएको प्रमाणपत्र दिएको थियो ।




