समाचार

हुम्लामा दुई वटा सकेट बम सेनाद्वारा निष्कृय

हुम्ला- कृषि विकास कार्यालय हुम्लाको प्रवेशद्वार र कार्यालय जाने मुल गेटमा भेटिएका दुईवटा सकेट बम नेपाली सेनाले निष्कृय पारेको छ ।

आज बिहान सिमकोट बजारको लोकतान्त्रिक चोक नजिक रहेको कृषि विकास कार्यालयको प्रवेशद्वार जाने बाटोमा दुई वटा पोका शंकास्पद वस्तुलाई सुरक्षाकर्मीले नियन्त्रणमा लिएका थिए ।

कृषि विकास कार्यालय, हुम्लाको प्रवेशद्वार र कार्यालय जाने बाटोमा भेटिएको दुई वटा सकेट बम नेपाली सेनाले सिमकोेट गापा वडा नं ५ को भदाले भन्ने खाली ठाउँमा डिस्पोज गरेको छ ।

केहि समय उक्त क्षेत्रलाई शिल गरी आवतजावतमा रोक लगाएर नेपाली सेनाको बम डिस्पोजल टोलीले तत्काल सो शंकास्पद वस्तुलाई नियन्त्रणमा लिएर डिस्पोज गरिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव उपरिक्षक सुर्यप्रकाश सुवेदीले जानकारी दिए।

प्रहरीले विप्लव समुहले सिमकोट बजार क्षेत्रमा सकेट बम राखिएको हुनसक्ने अनुमान गरेको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *