बैतडी। बैतडीको खानेपानीको मुहान नजिकै ११ वटा गाई मृत अवस्थामा फेला परेका छन् । मुहाननजिकै मरेका गाईहरु देखेपछि स्थानियहरुले प्रहरीलाई खबर गरेका थिए । मुहाननजिक मृत गाई भएकाले मुहानको खानेपानी पनि दुर्गन्धित भएको छ ।
‘खबरप्राप्त हुन साथ प्रहरीले बुझ्दा ती गाई पाटन नगरपालिकाले छाडा पशुचौपाया व्यवस्थापन गर्ने भनेर पुर्चौडी पठाएका हुन् भन्ने बुझ्नमा आएको तर, यकिन भने हुन नसकेको छैन,’ जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी नायब उपरीक्षक नारायण प्रसाद अधिकारीले भने।
घटनाबारे थप अनुसन्धान भइरहेको पनि उनले बताए ।




