संखुवासभा । सङ्खुवासभाको खाँदबारी नगरपालिकाका मेयर मुरारीप्रसाद खतिवडाको स्वास्थ्यमा समस्या आएपछि उपचारका लागि काठमाडौं लगिएको छ । उनलाई हेलिकप्टरमार्फत काठमाडौं लगिएको स्वकीय सचिव सन्तोष चापागाईँले जानकारी दिए ।
उनका अनुसार खतिवडाको स्वास्थ्यमा केही दिनअघिदेखि समस्या देखिएको थियो । तर शुक्रबार बिहान एक्कासी ज्वरो, श्वासप्रश्वास र घाँटीमा समस्या देखिएपछि उपचारका लागि काठमाडौं लगिएको हो ।




