मुख्य समाचार

गोकुल बास्कोटाले भने, दोस्रो पुस्ताले पार्टीमा हस्तक्षेप गरौं, अब समयले परीक्षण माग्यो

काठमाडौं । पूर्वसञ्चारमन्त्री गोकुल बास्कोटाले शीर्ष नेताहरू पार्टी सञ्चालन गर्न अक्षम भएको भन्दै दोस्रो पुस्ताले हस्तक्षेप गर्नुपर्ने बताएका छन् । अब वरिष्ठ नेताहरुको निकटताको पहिचान बोकेर विभाजित हुन नहुने भन्दै पार्टीमा सार्थक सैद्धान्तिक, वैचारिक, सांगठनिक हस्तक्षेपद्वारा एकीकृत पार्टीको नेतृत्व गर्न दोस्रो पुस्ताका नेताहरुलाई आग्रह गरेका छन् ।

नेकपाका केन्द्रीय सदस्यसमेत रहेका बास्कोटाले शुक्रबार बिहान शंकर पोखरेल, जनार्दन शर्मा, प्रदीप ज्ञवाली, टोपबहादुर रायमाझी, योगेश भट्टराई, सुरेन्द्र पाण्डे, विष्णु पौडेललगायतले पार्टीमा हस्तक्षेप गर्न सुझाएका हुन् ।

उनले लेखेका छन्, ‘नेपाको दोस्रो पुस्ता (शंकर, जनार्दन, प्रदीप, टोपबहादुर, योगेश, सुरेन्द्र, विष्णुहरुले) निकटताको पहिचान बोकेर बिभाजित टुकडीको कम्पनी कमाण्डरमा चित्त बुझाउने कि विशाल पार्टीमा सार्थक सैध्दान्तिक, वैचारिक, सांगठनिक हस्तक्षेपद्वारा एकिकृत पार्टीको नेतृत्व गर्ने ? अब समयले परिक्षण माग्यो ।’

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *