समाचार

ग्रामीण सडकको शिलान्यास

मकवानपुर । दक्षिणी रसुवाको नौकुण्ड गाउँपालिकामा निर्माण हुने ग्रामीण सडकको एक कार्यक्रमका बीच शिलान्यास सम्पन्न भएको छ ।

कालिका गाउँपालिकाको सिमाना अम्बावासदेखि पारच्याङसम्म वाग्मती प्रदेश सरकारको सहयोगअन्तर्गत निर्माण हुन लागेको उक्त सडकको बिहीबार भौतिक पूर्वाधार विकासमन्त्री रामेश्वर फुँयालले शिलान्यास गरेका हुन् ।

रु २९ करोडको लागतमा निर्माण हुने उक्त सडकको लम्बाइ १६ किलोमिटर रहेको जिल्ला समन्वय समितिका प्रमुख कुलप्रसाद भट्टले जानकारी दिए । सो सडकले यार्सा, पारच्याङ, फाम्चेत, सरमथली, पाटीखर्क, ठूलोभोर्लेलगायतका बासिन्दालाई यातायातको पहुँचमा सहजता ल्याउने बताइएको छ ।

यसैगरी पौराणिक, धार्मिक एवं पर्यटकीयस्थल गोसाइँकुण्डको पूर्वाधार विकासका लागि तयार गरिएको (डिपिआर) विस्तृत योजना प्रतिवेदनमाथि छलफल एवं सुझाव सङ्कलन गर्ने कामसमेत मन्त्री फँुयालको प्रमुख आतिथ्यमा सम्पन्न भएको जिल्ला समन्वय प्रमुख भट्टले जानकारी दिए ।

स्थानीय तहबाट भएका विकास निर्माणका बारेमा जानकारी लिनुका साथै मन्त्री फँयालले समुन्नत रसुवा निर्माणका लागि जनप्रतिनिधिले खेल्नुपर्ने भूमिकाका बारेमा मार्गनिर्देश गरेबम थिए । सुझाव सङ्कलन कार्यक्रममा वाग्मती प्रदेशसभा सदस्य प्रभात लामा, संविधानसभा सदस्य छोवाङ तेन्जिङ तामाङ, गोसाइँकुण्ड गाउँपालिका अध्यक्ष कैसाङनुर्पु तामाङ, प्रमुख जिल्ला अधिकारी हरिप्रसाद पन्त, स्थानीय तहका पदाधिकारी, विकाससँग सम्बन्धित रसुवा तथा नुवाकोट जिल्लाका सरकारी अधिकारीसमेतको सहभागिता रहेको जिल्ला समन्वय अधिकारी मीना अर्यालयले बताइन् ।

भौतिक पूर्वाधार विकास मन्त्रालय र जिल्ला समन्वय समिति रसुवाले प्रस्तुत गरेको प्रतिवेदनमा खानेपानी तथा सरसफाइ, विश्रामस्थल, धार्मिकमार्ग निर्माणलगायत जैविक विविधता संरक्षणजस्ता विविध विषय समेटिएको कार्यक्रममाथि छलफल भएको सहभागीले जानकारी दिए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *