समाचार

जापानमा एकैदिनमा अहिलेसम्मकै धेरै सङ्क्रमित, सरकारी अधिकारी चिन्तित

एपी । कोरोनाभाइरसको महामारी फैलिएको जापानमा एकैदिनमा अहिलेसम्मकै सवैभन्दा धेरै सङ्क्रमित भएका छन् । अर्को बर्ष ओलम्पीक आयोजना गर्न लागेको जापानका सरकारी अधिकारीहरु महामारी थप फैलिदै गएपछि चिन्तित पनि भएका छन् ।    
    
महामारी नियन्त्रण गर्नका लागि अन्य देशहरुको तुलनामा राम्रो व्यवस्थापन तथा नियन्त्रण गरेको जापानमा अहिलेसम्म दुई हजारभन्दा कमको मृत्यु भएको छ । स्वास्थ्य मन्त्रालयले विहिबार दिएको जानकारीअनुसार पछिल्लो एकैदिनमा दुई हजार १७९ जना सङ्क्रमित भएका हुन् ।एकैदिनमा दुई हजारभन्दा बढी सङ्क्रमित भएको यो पहिलो पटक भएको पनि अधिकारीहरुले जानकारी दिएका छन् ।    
    
भाइरसको महामारी बढ्दै गएपछि प्रधानमन्त्री योशिहिडे सुगाले उच्च सतर्कता अपनाउन सवैलाई आह्वान गर्नुभएको छ । उहाँले मास्कको प्रयोग गर्न पनि आग्रह गरेका छन ।  

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *