पोखरा । पोखरा महानगरपालिका उपप्रमुख मञ्जुदेवी गुरुङलाई कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ ।
कोरोना सङ्क्रमण पुष्टि भएको उपप्रमुख गुरुङका प्रेस सहयोगी एकराज गिरीले जानकारी दिए । तिहारअघि नै रुघाखोकी लागेपछि गुरुङले बुधबार कोरोना परीक्षणका लागि स्वाब दिएकी थिइन् ।
पोखरा महानगरपालिका वडा ८ नयाँ सडकस्थित आफ्नै घरमा छुट्टै बसेकी गुरुङले भनिन्, ‘छिट्टै निको भएर नागरिकको सेवामा हाजिर हुने विश्वासका साथ कोरोना भाइरससँग लडिरहेकी छु ।’




