मुख्य समाचार

एक एआईजीसहित पाँचजना डीआईजीको दरबन्दी थप गरिने

काठमाडौं । सरकारले नेपाल प्रहरीमा एकजना प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) र पाँच जना प्रहरी नायब महानिरीक्षक (डीआईजी) को दरबन्दी थप गरेको छ । गृृह मन्त्रालयले पाँच वटा डीआईजीको दरबन्दी थप्नुपर्ने प्रस्तावलाई बुधबार बसेको मन्त्रिपरिषद बैठकले एक एआइजीको पनि दरवन्दी थप गरेको हो ।

गृहमन्त्रालयले पाँच डिआइजी दरवन्दी थप गर्ने राय दिँदै स्वीकृतिका लागि संगठनात्मक स्वरुप निर्धारण (ओएण्डएम) मन्त्रिपरिषदमा पठाएको थियो । एआईजीको दरबन्दी थप्ने प्रयासका कारण लामो समयदेखि डिआइजीको दरवन्दी पनि रोकिएको थियो । दरबन्दी थपिएको सम्बन्धी पत्र बुधबार प्राप्त भएको गृह मन्त्रालयको प्रशासन महाशाखामा पुगेको छ । थपिएको दरबन्दी महानगरीय प्रहरी कार्यालय, रानीपोखरीमा रहने छ ।

सरकारले हालकै महानिरीक्षक शैलेश थापा क्षेत्रीको ब्याचका हरिबहादुर पाल, निरज शाही र प्रद्युम्न कार्कीलाई एआईजीमा बढुवा गरेको थियो । अब अर्का एक डिआइजी पनि एआइजी हुनेछन् । डिआइजीहरु मध्येबाट हाल महानगरीय प्रहरी कार्यालयमा रहेका डिआइजी विश्व पोखरेल सिनिएर रहेका छन् । उनीसँगै सहकुल थापा र धिरजप्रताप सिंह पनि एआइजीको प्रतिस्पर्धी रहेका छन् । अहिले थप गरिएको पाँचसहित ८ पदमा बढुवाको तयारी थालिएको छ ।

त्यसका लागि हालका आईजीपी शैलेश थापा क्षेत्रीकै ब्याचका गणेश ऐरसहित पुरुषोत्तम कँडेल, दिवेश लोहनी, देवबहादुर बोहरा, दिलिप चौधरी, राजेशलाल कर्ण, रामकृपाल शाह प्रतिष्पर्धामा छन् । त्यस्तै, उमेश रञ्जित, सुशीलकुमार यादव, मुकुन्द आचार्य, हरिराज वाग्ले, पूजा सिंह, विक्रम चन्द, नलप्रसाद उपाध्याय, देवबहादुर बोगटी, मोहन आचार्य, राजेन्द्र चौधरी, नरबहादुर खत्री र मोहमद आलम खाँ पनि बढुवाको प्रतिस्पर्धामा रहेका छन् । विगत तीन महिनादेखि नेपाल प्रहरीमा ३ डिआइजी खाली रहेको छ । अहिले थपिएको दरवन्दीसहित १२ जना एसएसपीहरु डिआइजीमा बढूवा हुनेछन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *