समाचार

औषधि (तेस्रो संशोधन) अध्यादेश जारी

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले आज औषधि (तेस्रो संशोधन) अध्यादेश, २०७७ जारी गरेकी छन् ।

राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा ११४ को (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा उक्त अध्यादेश जारी गरेको राष्ट्रपतिको कार्यालयका सहायक प्रवक्ता केशवप्रसाद घिमिरेले जानकारी दिए । सो अध्यादेश आएपछि मुलुकका कोभिड–१९ विरुद्धको खोप ल्याउन सहज हुने जनाइएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *