समाचार

काँग्रेस नेता उपाध्यायको निधन


सुदूरपश्चिम । नेपाली काँग्रेसका नेता एवं तत्कालीन डोटी जिल्ला विकास समितिका सभापति केशवराज उपाध्यायको उपचारका क्रममा आज कोहलपुर मेडिकल कलेज नेपालगञ्जमा निधन भएको छ । श्वासप्रश्वाससम्बन्धी रोगले ग्रसित उपाध्यायको ७४ वर्षका उमेरमा निधन भएको काँग्रेस डोटीका नेता लक्ष्मीराज पाठकले बताए। डोटीको साविक बोगटान गाउँपालिका–७ स्थायी घर भई हाल कैलालीको टीकापुरमा बस्दै आउनुभएका उहाँ वि सं २०४९ मा तत्कालीन डोटी जिल्ला विकास समितिका सभापतिमा निर्वाचित भएर जिम्मेवारी बहन गर्नुभएको थियो ।    

उहाँले प्रजातन्त्र स्थापना र पुनःस्थापनाका लागि काँग्रेसले थालेको आन्दोलनमा सक्रिय भूमिका निर्वाह गर्नुभएको थियो । उहाँका तीन छोरा र श्रीमती हुनुहुन्छ । स्व उपाध्यायको आजै कैलालीको कर्णाली नदीघाटमा अन्त्येष्टि गरिएको छ । अन्त्येष्टिमा काँग्रेस नेता कार्यकर्ताको उपस्थिति थियो ।    

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *