शिक्षा / स्वास्थ्य

अमेरिकाले दियो नेपाललाई एक सय थान भेन्टिलेटर

काठमाडौं । अमेरिकाले नेपाललाई एक सय थान भेन्टिलेटर सहयोग गरेको छ । कोरोना भाइरसको संक्रमण बढ्दै गएर गम्भीर अवस्थाका विरामी बढेका बेला अमेरिकाले नेपाललाई सय थान भेन्टिलेटर सहयोग गरेको हो ।
स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकाललाई शुक्रबार अमेरिकी राजदूत ¥यान्डी बेरीले शुक्रबार मन्त्रालयमा भेन्टिलेटर हस्तान्तरण गरेका हुन्। मन्त्री ढकालले भेन्टिलेटर सहयोगका लागि अमेरिकी सरकार र राजदूत बेरीलाई धन्यवाद दिँदै अति आवश्यक स्वास्थ्य संस्थामा ती भेन्टिलेटर प्रयोग गर्ने बताए।
कोरोना संक्रमण भई गम्भीर भएका बिरामीलाई भेन्टिलेटरमा राखी उपचार गर्नुपर्ने हुन्छ। तर नेपालमा पर्याप्त भेन्टिलेटर नहुँदा सबै गम्भीर बिरामीले उपचार पाउन सकेका छैनन्। नेपालमा पछिल्लो समय कोरोना संक्रमितको संख्या बढेसँगै भेन्टिलेटर र आइसियुमा उपचार गराउने गम्भीर संक्रमितको संख्या पनि बढेको छ।
पछिल्लो समय हरेक दिन तीनदेखि चार हजारको संख्यामा कोरोना संक्रमित बढ्दै गएका छन् । यससँगै कोरोनाबाट हुने मृत्युदर पनि बढेको छ । काठमाडौंमा मात्रै कोरोना संक्रमितको संख्या झन्डै एक लाख पुगिसकेको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *