काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दैछ । पार्टीभित्रको विवाद समाधान गर्न लगातार भइरहेका छलफलबाट सहमति नजिक पुगेकाले बिहीबारलाई तय बैठक स्थगित गरी आज बस्न लागेको हो।
पार्टीका मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार कार्यसमिति बैठक दिउँसो १ बजे कांग्रेस केन्द्रीय कार्यालय सानेपामा बस्नेछ । कांग्रेसमा केन्द्रीय विभाग गठन, क्रियाशील सदस्यता वितरणलगायतको विवाद छ ।
अहिलेसम्म नेताहरुबीच छलफल गरी सहमति भएका विषयलाई दिउँसो बस्ने केन्द्रीय समितिको बैठकमा लगेर पारित गर्ने तयारी भैरहेको पार्टीका महामन्त्री पूर्णबहादुर खड्काले जानकारी दिएका छन् । पार्टीको १४औं महाधिवेशनको मितिका विषयमा बिहीबार महामन्त्री डा.शशांक कोइराला र खड्काबीच छलफल भएको थियो । तर, नयाँ मितिको विषयमा सहमति जुटेको छैन ।
राजनीति




