समाचार

गौचनको निधनमा कांग्रेस सभापति देउवा दुःखी

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका पुराना नेता
ओमकारप्रसाद गौचनको निधनमा दुःख व्यक्त गरेका छन् । गौचनको बुधबार बेलुकी निधन भएको थियो ।
सभापति देउवाले पार्टीका पुराना नेता गौचनको निधनको खबरले अत्यन्त मर्माहत र स्तब्ध बनाएको जनाएका छन् । ‘स्वर्गीय गौचनले राजनीतिका साथै विकास र सामाजिक क्षेत्रमा पुर्या‍उनु भएको सक्रिय योगदान सदा स्मरणीय रहिरहनेछ । उहाँको निधनप्रति म गहिरो दुःख व्यक्त गर्दै भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु । साथै, उहाँको आत्माको चिर शान्तिको कामना गर्दै शोक सन्तप्त परिवारजनमा पार्टी र आफ्नो व्यक्तिगत तर्फबाट हार्दिक समवेदना प्रकट गर्दछु,’ देउवाले बिहीबार जारी गरेको शोक सन्देशमा उल्लेख छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *