काठमाडौं । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा अत्याधुनिक हेलिप्याड बनेको छ । नागरिक उड्डयन प्राधिकरणको मापदण्डअनुसार प्रधानमन्त्री निवास बालुवाटारमा अत्याधुनिक हेलिप्याड निर्माण भएको हो ।
प्रधानमन्त्री केपी ओली नेपाली सेनाको हेलिकप्टरबाट संखुवासभाका विभिन्न कार्यक्रममा सहभागी हुन जाने क्रममा बुधबार बिहान नवनिर्मित हेलिप्याडबाटै पहिलो उडान गरिएको थियो । साँझ निवास फर्किदा पनि हेलिप्याडमै अवतरण गरिएको थियो ।
यसबाट अब उपरान्त बालुवाटारबाट एयरपोर्ट जान आउन लाग्ने समय वचत हुनुका साथै ट्राफिक जामबाट सर्वसाधारणले सास्ती खेप्नुपर्ने समस्या पनि सिर्जना नहुने प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिएका छन् ।




