समाचार

वामदेवलाई सांसद र मन्त्री बन्न अदालतले बाटो खुला गरिदिएपछि बाबुराम असन्तुष्ट

काठमाडौं । जनता समाजवादी पार्टीका संघीय अध्यक्ष डा.बाबुराम भट्टराईले नेकपा उपाध्यक्ष वामदेव गौतमलाई सांसद र मन्त्री बन्न कानुनी अड्चन नरहेको भन्दै सर्वोच्च अदालतले बाटो खुला गरिदिएकोमा असन्तुष्टि व्यक्त गरेका छन् ।
प्रतिनिधिसभा निर्वाचनमा हारेको व्यक्तिलाई चोरबाटोबाट सांसद र मन्त्री बन्ने संस्कार रोक्न संविधानको धारा ७८ (४) मा व्यवस्था गरिए पनि सर्वोच्च अदालतले संविधानको स्पिरिट बुझ्न नसकेको आरोप बाबुरामको छ ।
संवैधानिक अदालतको सट्टा पुरानो सोचको संवैधानिक इजालस राखेर पाप त भोग्दै छैनौं भन्दै उनले प्रश्नसमेत उठाएका छन् ।
बाबुरामले बिहीबार बिहान सामाजिक सञ्जालमा लेखेका छन्, ‘चुनाव हारेपछि पनि चोरबाटोबाट सांसद मन्त्री बन्ने कुसंस्कार रोक्नलाई नै संविधानको धारा ७८ (४) को ब्यवस्था गरिएको हो। न्यायाधीशले संविधान र कानूनको अक्षर मात्र हैन, त्यसको स्पिरिट पनि हेर्नुपर्छ। हामीले यो स्पिरिट बुझ्ने संवैधानिक अदालत सट्टा पुरानै सोचको इजलास राखेको पाप त भोग्दैछैनौं ।’

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *