काठमाडौं । काठमाडौंको कलंकीमा बिहीबार बिहान सवारी दुर्घटना भएको छ । रोकिराखेको ट्रकलाई अर्को ट्रकले ठक्कर दिँदा तीनजनाको मृत्यु भएको छ।
प्रहरीका अनुसार मकालु पेट्रोल पम्प छेउमा पार्किङ गरेर राखेको बा ३ ख ७५३० नम्बरको ट्रकलाई बा५ख ८८६५ नम्बरको ट्रकले ठक्कर दिँदा नुवाकोटका तीनजनाको मृत्यु भएको हो।
मृत्यु हुनेमा नुवाकोट सुन्दरादेवीका २४ वर्षीय रोशन तामाङ, तारकेश्वरका ३७ वर्षीय माधव घिमिरे र अर्का एकजनाको सनाखत हुन नसकेको महानगरीय प्रहरी वृत्त कालीमाटीका डीएसपी अपिलराज बोहराले जानकारी दिएका छन् ।




