समाचार

प्रधानमन्त्रीबाट महागुरू फाल्गुनन्दप्रति सम्मान

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय विभूति महागुरू फाल्गुनन्दको १३६ औँ जन्मजयन्तीका अवसरमा सम्मान व्यक्त गरेका छन् ।

प्रधानमन्त्री ओलीले आज ट्वीटमार्फत महागुरूप्रति उच्च सम्मान व्यक्त गरेका हुन् । उनको सन्देशमा भनिएको छ, ‘राष्ट्रिय विभूति, समाज सुधारक महागुरू फाल्गुनन्दको १३६ औँ जन्मजयन्तिका अवसरमा उनिप्रति उच्च सम्मान प्रकट गर्दछु । यस अवसरमा सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइमा उहाँको शिक्षा र सत्प्रेरणाबाट आपसी एकता र सद्भाव वृद्धि होस् भन्ने कामना गर्दछु ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *