उदयपुर । चौदण्डी गढीका दर्जनौ युवा सामाजिक सेवामा जुटेका छन । काठमाडौंमा उच्च माध्यमिक शिक्षा १०+२ तथा क्याम्पसमा अध्ययनरत युवा तथा किशाेर दशै तथा तिहारमा भएको जमघटमा सामाजिक सेवामा कम्मर कसेर लागेका छन । यसको ज्वलन्त उदाहरण बनेका छन चौदण्डीगढी नगरपालिका ६/७ का लाङ्घाली युवा समूह , बेलटार । भनिन्छ टिनएजमा खादै खेल्दै रमाइलो गर्ने उमेर हो । तर चौदण्डीगढी -६/७ का युवा किशाेरहरुको सोच सामान्य भन्दा फरक देखियो छ ।

विश्वप्यापि महामारी कोभिड – १९ कोरोना भाइरस बाट सचेतता जगाउन साबुन पानीले हात धुने देखि सेनेटाइजर , सामाजिक दूरी जस्ता स्वास्थ्य जेतना जगाउन उल्लेखिय भूमिका निर्बाह गरेका छन । दैनिक जसो गाउँघरमा संक्रमणका विरुद्द सहयोग गर्दै आएका किशाेर युबाहरु प्रति बृध्द ,प्रौढ तथा बालिकामा अझ खुशी छाएको छ । १६ देखि २५ बर्ष उमेर समुहले समाजप्रति गरेको सकारात्मक मोह प्रति सर्ब साधारण अझ हर्षित बनेका छन ।

किशाेर युबा झगडा , भत्काउने र बिगार्ने मात्र हुन्छन भन्ने मानसिकतालाइ लाङ्घालि युवा समुहले पुर्ण परिबर्तन गरिदिएका छन । चौदण्डी गढी नगरपालिका क्षेत्र भित्र करिब डेढ दर्जन महिला पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ भने दुई जनाको यसै साता मृत्यु समेत भै सकेको छ । विशेष गरेर सामाजिक ,आर्थिक र शैक्षिक रुपमा पछाडी परेका समाजमा हाम्रो अभियान कोभिड – १९ बिरुध्द रहने समुहका क्रियासशील युबा सनम आले मगर ले बताए ।
केदार कटुवाल




