सम-सामयिक

गण्डकी प्रदेशबाट ढकाल सर्वसम्मत

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनमा गण्डकी प्रदेश अन्तरगतका सम्पूर्ण अध्यक्षहरुले वरिष्ठ उपाध्यक्षका उम्मेदवार चन्द्रप्रसाद ढकाल प्यानललाई भोट हाल्ने निर्णय गरेका छन् । आईतबार चुनावी दौरानमा रहेको ढकाल प्यानललाई स्वागत गर्दै गण्डकी प्रदेशका अध्यक्ष संजिबवहादूर कोइरालाले आफ्नो प्रदेशका १६ ओटै जिल्ला नगरका अध्यक्षले ढकाल प्यानललाई भोट हाल्ने निर्णय कार्यसमितिबाटै सर्वसम्मत रुपमा गरेको जानकारी दिएका हुन् ।

महासंघको नेतृत्व गर्ने व्यक्ति आर्थिक, भौतिक, नैतिक र शारिरीक रुपमा समेत समक्ष हुनुपर्ने भन्दै अहिलेको अवस्थामा वरिष्ठ उपाध्यक्षमा ढकालको विकल्प नरहेको समेत उनले बताए । ‘हामी उद्योगी व्यवसायीका लागि जतिवेला समस्या पर्दा पनि उपलब्ध भएर समस्या समाधानमा खटिने ढकालजस्तो व्यक्तिलाई धेरै समयपछि नेतृत्वमा पाएको छौं,’ उनले भने । साथै किशोर प्रधानजस्तो महासंघको नशा लागेको व्यक्ति नेतृत्वमा पुगेर आफुहरुको समस्या समाधान गर्न नसक्ने समेत उनले बताए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *