कोशी प्रदेश

प्रदेश १ मा ६०० कोरोना सङ्क्रमित निको भए

विराटनगर । प्रदेश १ मा पछिल्लो २४ घण्टाका अवधिमा २१९ जना कोरोना सङ्क्रमित थपिएका छन् । सो अवधिमा गरिएको ९७६ जनाको पिसिआर परीक्षणमा ७५ महिला र १४४ पुरुषको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ।

थपिएकामा मोरङगमा १०३ मध्ये विराटनगरमा ४८, सुनसरीमा ४८, झापामा ३३, तेर्हथुममा आठ, उदयपुरमा छ, इलाम र संखुवासभामा दुई/दुई पाँचथर, भोजपुर र खोटाङमा एक÷एक र प्रदेश बाहिरका १४ जना रहेका छन् । यसप्रदेशमा सङ्क्रमितको सङ्ख्या २१ हजार ८८४ पुगेको छ ।

प्रदेशमा आज नै ६०० जना सङ्क्रमित निको भएर घर फर्केका छन् । हालसम्म घर फर्किनेहरुको सङ्ख्या १४ हजार १७३ पुगेको छ । प्रदेशमा हालसम्म एक लाख ७० हजार ९५१ जनाको पिसिआर परीक्षण गरिएको मन्त्रालयले जनाएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *