राजनीति

बालुवाटार पुगे बहुमत सचिवालय सदस्य

काठमाडौं । सचिवालय बैठकको माग गर्दै नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का बहुमत सचिवालय सदस्यहरु अध्यक्ष तथा प्रधानमन्‍त्री केपी शर्मा ओली भेट्न बालुवाटार पुगेका छन् ।

शनिबार बिहान पार्टी मुख्यालय धुम्बाराहीमा बसेको बहुमत सचिवालय सदस्यहरुको अनौपचारिक बैठकले सचिवालय बैठकको मागसहितको पत्र बुझाउन अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहितका शिर्षनेतानेताहरु बालुवाटार पुगेका हुन् ।

बालुवाटार जाने अन्य सचिवालय सदस्यहरुमा वरिष्ठ नेता झलनाथ खनाल, माधवकुमार नेपाल, उपाध्यक्ष वामदेव गौतम र प्रवक्ता नारायणकाजी श्रेष्ठ रहेका छन्।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *