समाचार

बेलकोटगढी नगरपालिकाका इन्जिनियर पर्वत पाैडेल घुससहित पक्राउ

नुवाकोट । नुवाकोटको बेलकोटगढी नगरपालिकाका इन्जिनियर पर्वत पाैडेल एकबिहानै घुससिहत रंगेहात पक्राउ परेका छन । शनिबार बिहान जिल्लाकै विदुर नगरपालिकाको बट्टार बजारमा रहेको एक मिठाइ पसमा बसेर घुस खाँदै गर्दा इन्जियर पाैडेल पक्राउ परेका हुन ।

उनी सागर मिठाइ भण्डारबाट सेवाग्राहीसँग लिएको ७५ हजार घुससहित रंगेहात पक्राउ परेको अख्तियार दुरूपयोग अनुसन्धान आयोग स्रोतले जनाएको छ । यसअघि पनि बेलकोटगढी नगरपालिकाकै इन्जिनियर बद्री भण्डारी काठमाडौँबाट घुससहित पक्राउ परेका थिए ।

नुवाकोटका प्रमुख जिल्ला अधिकारी झंकनाथ ढकालले पनि एक जना इन्जिनियर घुससहित पक्राउ परेको सूचना आफूले पाएको जानकारी दिएका छन । घुससहित पक्राउ परेका पौडेल बेलकोटगढी नगरपालिकाले नै भर्ना गरेका करारका इन्जिनयर हुन ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *