सम-सामयिक

ताप्लेजुङमा सय शैय्याको आइसोलेशन सेन्टर निर्माण गरिने

फुङ्लिङ । संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री योगेशकुमार भट्टराईले फुङ्लिङ नगरपालिकामा ५० शय्याको आइसोलेशन सेन्टर र प्रत्येक गाउँपालिकामा पाँच शय्याको हुने गरी जिल्लामा एक सय शय्याको आइसोलेशन सेन्टर निर्माण गर्न संसद् पूर्वाधार विकास कोष प्रयोग गर्न सकिने जानकारी दिएका छन् ।

जिल्ला सदरमुकाम फुङ्लिङमा आज सरकारी कार्यालय प्रमुखसँगको छलफलमा उनले उक्त जानकारी दिँदै ती  प्रमुखलाई सरकारले दिएका जिम्मेवारी कुशलतापूर्वक लागू गर्न निर्देशन दिए । उनले जनताले दुःख नपाउने गरी छिटोछरितो रुपमा सेवा दिन आग्रह गरे ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *