राजनीति

प्रचण्डलाई नेम्वाङको प्रश्न

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई नेता सुवास नेम्वाङले ‘बालुवाटार अबदेखि छिर्दिनँ भन्नुभयो रे’ भन्दै प्रश्न गरेका छन् ।

शुक्रबार बिहान पार्टीमा देखिएको विवाद समाधान गर्ने प्रयासस्वरुप प्रचण्डलाई भेट्न खुमलटार पुगेको नेम्वाङले यस्तो सोधेका हुन् ।

‘म बालुवाटार जान छोड्दिनँ तर पहिले सचिवालय सदस्यहरुसँग छलफल गर्छु र सम्भव भएसम्म भोलि नै बालुवाटार आउँछु’ प्रश्नको जवाफमा प्रचण्डको भनाई उदृत गर्दै नेम्वाङले भने ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *