काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले भारतीय सेनाध्यक्ष मनोज मुकुन्द नरवणेलाई नेपाली सेनाको मानार्थ महारथीको उपाधि प्रदान गरेकी छन् ।
बिहीबार राष्ट्रपति कार्यालयमा आयोजित समारोहकाबीच नरवणेलाई मानार्थ महारथीको उपाधि प्रदान गरेकी हुन् । उक्त समारोहमा प्रधान सेनापति, नेपाल सरकारका उच्च अधिकारीहरू, नेपालका लागि भारतका राजदूत लगायतको उपस्थिति रहेको थियो ।
नेपाल र भारतबीच एक देशका सेनापति अर्को देशको मानार्थ सेनापति हुने प्रचलन रहीआएको छ । नेपालका तर्फबाट मानार्थ महारथी प्राप्त गर्ने भारतीय स्थलसेनाध्यक्ष जनरल नरवणे १८औँ सेनापति हुन् ।




