राजनीति

नेता खनालद्वारा महराकी धर्मपत्नीको निधनप्रति दुःख व्यक्त

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता झलनाथ खनालले सङ्घीय संसद्का पूर्वसभामुख एवं प्रतिनिधिसभाका सदस्य कृष्णबहादुर महराकी धर्मपत्नी सीताको निधनप्रति दुःख व्यक्त गरेका छन् ।

पूर्वप्रधानमन्त्री खनालले आज विज्ञप्ति जारी गर्दै दिवङ्गत महराप्रति श्रद्धाञ्जलिका साथ शोकसन्तप्त परिवारजनमा समवेदना व्यक्त गरेका हुन् । सीताको आज थापाथलीस्थित नर्भिक अस्पतालमा उपचारका क्रममा निधन भएको थियो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *