काठमाडौं । लोकसेवा आयोगले उपसचिव र सहसचिवको दरखास्त लिन स्थगित गरेको छ।सर्वोच्च अदालतले मंगलबार आयोगका नाममा तीन अल्पकालीन आदेश जारी गरेसँगै आयोगले अर्को सूचना जारी नभएसम्म दरखास्त स्थगित गरेको जानकारी दिएको हो।
लोकसेवाका अनुसार राजपत्राङ्कित प्रथम र द्वितीय श्रेणी (प्राविधिक र अप्राविधिक) तथा स्वास्थ्य सेवाका एघारौँ र नवौँ तहका बढुवा सूचना एवं आन्तरिक प्रतिस्पर्धा तथा खुल्ला सम्पूर्ण विज्ञापनहरूका लागि दरखास्त लिने कार्य स्थगित गरिएको हो।





