सम-सामयिक

गोकर्णेश्वर नगरपालिकाले रेडियो सञ्चालन गर्ने

काठमाडौं । गोकर्णेश्वर नगरपालिकाले आफ्नै एफएम रेडियो सञ्चालन गर्ने भएको छ ।नगरपालिकाको पाँचौँ नगरसभाबाट पारित नीति तथा कार्यक्रमको सूचना तथा सञ्चार नीतिमा स्थानीय सरकारका कामलाई जनतासमक्ष सहजरुपमा पुर्‍याउनका लागि रेडियो स्टेशन स्थापना गर्ने उल्लेख छ ।

त्यस्तै सूचनामैत्री नगरपालिका निर्माणका लागि धार्मिक, सांस्कृतिक तथा अन्य गतिविधिको प्रचार गर्ने नीति लिएकाले नगरका सबै वडामा निःशुल्क वाइफाइ सेवा विस्तार गरेको नगरपालिकाका प्रवक्ता मनोजकुमार ढुङ्गानाले जानकारी दिए ।

स्थानीय पत्रपत्रिका तथा सञ्चारमाध्यमको क्षमता वृद्धिका लागि विकास पत्रकारिता तालिम सञ्चालन गर्ने योजना बनाएको नगरपालिकाले एकीकृत नगर सूचना केन्द्र निर्माण गर्ने योजना पनि अगाडि सारेको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *