काठमाडौँ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका महाधिवेशन प्रतिनिधि एवं नेपाल दलित सङ्घका केन्द्रीय सदस्य भीमलाल गहतराजको निधनप्रति दुःख व्यक्त गरेका छन। दलित सङ्घका केन्द्रीय सदस्य गहतराजको आज बिहान मोरङको मङ्गलबारे अस्पतालमा उपचारका क्रममा ६९ वर्षको उमेरमा निधन भएको हो ।
सभापति शेरबहादुर देउवाले एक शोक वक्तव्यमार्फत स्व गहतराजले नेपालको लोकतान्त्रिक आन्दोलन तथा पार्टी सङ्गठनमा पुर्याएकाे सक्रिय भूमिकाको स्मरण गर्दै उनीप्रति भावपूर्ण श्रद्धाञ्जली र शोक सन्तप्त परिवारजनमा समवेदना प्रकट गरेका छन। उर्लाबारी–४ निवासी स्व गहतराजले नेपालको लोकतान्त्रिक आन्दोलनहरुमा सक्रिय भूमिका निर्वाह गरेका थिए। काँग्रेसले उनको निधनबाट एक होनाहार व्यक्तित्वलाई गुमाएको र पार्टीलाई अपूरणीय क्षति पुगेको जनाएको छ ।




