सम-सामयिक

गोकर्णेश्वर नगरपालिका : हालसम्म एक हजार २५९ जनामा कोरोना सङ्क्रमण

काठमाडौँ । गोकर्णेश्वर नगरपालिकामा हालसम्म एक हजार २५९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

नगरपालिकामा हालसम्म ६६७ पुरुष र ५९२ महिलामा कोरोना पोजेटिभ देखिएको स्वास्थ्य शाखाले जनाएको छ । जसमध्ये ४४६ पुरुष र ३९७ महिला गरी ८४३ जना निको भएका छन् । नगरपालिकामा नौ पुरुष र आठ महिलाको कोरोनाबाटै निधन भएको नगर प्रवक्ता मनोजकुमार ढुङ्गानाले जानकारी दिए ।

नगरपालिकामा हाल २१२ पुरुष र १८७ महिला गरी ३९९ सक्रिय सङ्क्रमित छन् । होम आइसोलेसनमा २०३ पुरुष र १७६ महिला गरी ३७९ जना आराम गरिरहेका छन् । अस्पतालको आइसोलेसनमा नौ पुरुष र ११ महिला गरी २० जना छन् ।

कोरोना भएका चार पुरुष र एक महिला गम्भीर उपचारमा रहेको नगरपालिकाले जनाएको छ । नगरपालिकामा एक हजार ५२८ पुरुष र एक हजार ४०४ महिला गरी दुई हजार ९३२ जनाको पिसिआर परीक्षण गरिएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *