समाचार

नेता हुमागाईलाई कोरोना

काभ्रे । नेपाली काँगे्रसका केन्द्रीय सदस्य एवम् टे«ड युनियन विभागका प्रमुख शिवप्रसाद हुमागाईलाई कोरोना सङक्रमण पुष्टि भएको छ । सचिवालयका अनुसार उनको जीवनसाथीलाई पनि सङक्रमण पुष्टि भएको छ ।

उनको पनौती नगरपालिकामा रहेको घरमा होम आइसोलेसनमा बसेका छन् । उनको स्वास्थ्य अवस्था सामान्य रहेको सचिवालयले जनाएको छ । उनको सचिवालयले सम्पर्कमा रहेकालाई सजगता अपनाउनु हुन र आवश्यकता अनुसार स्वास्थ्यकर्मीसँग परामर्श गर्न अनुरोध गरेको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *