वीरेन्द्रनगर । सुर्खेत, वीरेन्द्रनगर नगरपालिका प्रमुख देवकुमार सुवेदीले दसैँभत्ताका रुपमा आफूलाई प्राप्त रकम मानव सेवा आश्रमलाई दिएका छन् ।
नगर प्रमुख सुवेदीले भत्तावापत पाउनुभएको रु १५ हजार आश्रमलाई प्रदान गरेका हुन् । उनले रु पाँच हजार बराबरको खाद्य पदार्थ तथा १० हजार बराबरको फलफूल हस्तान्तरण गर्दै मानवतालाई जोगाउन र सहयोगापेक्षी मानवलाई सहयोग गर्न नगरपालिका प्रतिबद्ध रहेको बताए ।
‘गत वर्ष हामीले आश्रमको भाडा तिरिदिएका थियौँ’, उनले भने, ‘‘यस वर्ष हामी गर्न सक्ने कामका लागि प्रयास गर्छौं ।’’




