विश्व

भारतीय प्रधानमन्त्री मोदीसँग अमेरिकी विदेशमन्त्री र रक्षामन्त्रीको भेट   

एएनआई । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भारत भ्रमणमा रहनु भएका अमेरिकी विदेश मन्त्री माइक पोम्पेओ र रक्षा मन्त्री मार्क एस्परले मंगलबार भेटवार्ता गरेका छन ।

भारत र अमेरिकाबीच दुबै देशका सेनाबीच सूचना आदानप्रदान सम्बन्धी एक सम्झौतामा हस्ताक्षर भएलगत्तै प्रधानमन्त्री मोदीसँग भेटवार्ता भएको हो ।

भारतीय विदेश मन्त्रालयका प्रवक्ता अनुराग श्रीवास्तवले ट्वीट गर्दै दुबै देशबीच भएको पछिल्लो सम्झौताले भारत र अमेरिकाबीचको सम्बन्धलाई थप प्रगाढ र सुदृढ बनाउने बताउनु भएको छ ।

उनले सम्झौतालाई अघि बढाउन दुबै देशको उच्च नेतृत्वले देखाएको तत्परता र समर्थनले आगामी दिनमा दुबै देशबीच थप सहकार्यको मार्ग प्रशस्त गरेको पनि बताएका छन।

रक्षा मन्त्रालयका अतिरिक्त सचिव जिवेश नन्दनले भारत सरकारका तर्फबाट सम्झौतामा हस्ताक्षर गरेका थिए सम्झौतामा दुबै देशका सेनाबीच सूचना आदानप्रदान, उच्चस्तरको सैनिक प्रविधि र प्रतिरक्षासँग सम्बन्धित गोप्य उपग्रहीय सूचनाहरु आदानप्रदान गरिने उल्लेख छ ।

सम्झौतापछि भारतीय रक्षा मन्त्री राजनाथ सिंहले सैनिक–सैनिकबीचको सहयोग निरन्तर प्रगतिउन्मूख रहेको बताए । “दुई दिनको बैठकमा हामीले सम्भावित क्षमता विकासका साथै अन्य संयुक्त सहयोगात्मक क्रियाकलापलाई अघि बढाउने बारेमा पनि छलफल गरेका छौं ।”

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *