एएनआई । पाकिस्तानी प्रधानमन्त्री इमरान खानले पाकिस्तानको राजनीतिक दल पाकिस्तान मुस्लिम लिग– नवाजका नेता नवाज सरिफलाई स्वदेश फिर्ता गर्ने बारेमा बेलायतका प्रधानमन्त्रीसँग वार्ता गरिने बताएका छन ।
उनले पाकिस्तानको एक सञ्चारमाध्यमलाई शुक्रबार दिएको अन्तर्वार्ताका क्रममा सो कुरा बताएको हुन । उनले सो अन्तर्वार्तामा भनेका छन– नवाजलाई स्वदेश फिर्ता गर्ने विषयमा पाकिस्तानका प्रधानमन्त्री वोरिस जोनसनसँग वार्ता पनि गर्न सकिन्छ, त्यसका लागि हामीले सोचिरहेका पनि छौँ ।
उनले तर नवाज सरिफलाई लन्डनबाट पाकिस्तान फिर्ता गर्ने काम भने निकै बिलम्ब हुनसक्ने बताएका थिए। त्यस अन्तर्वार्तामा उनले धनेका छन– हुनत यो प्रक्रिया लामो पनि हुनसक्छ, तर पनि आवश्यक पर्यो भने हामी वार्ता गर्नेछौँ र हामी बेलायतका सरकारी अधिकारीहरुसँग निरन्तर रुपमा सम्पर्कमा नै रहेका छौँ ।
पाकिस्तान सरकारले पाकिस्तानका नेता नवाज सरिफलाई पक्राउ गर्ने तयारी गरिरहेको बताएको थियो । तर नेता सरिफ भने हाल लन्डनमा बस्दै आउनुभएको छ । हामीले आवश्यक परेमा उहाँलाई स्वदेश फर्काउने बारेमा आवश्यक मात्रामा वार्ता गर्ने छौँ, आवश्यक प¥यो भने म आफै नै पनि त्यहाँ गएर प्रधानमन्त्री जोनसनसँग वार्ता गर्न सक्छु ।
तर हालैमात्र बेलायतले भने पाकिस्तानको आन्तरिक राजनीतिमा आफू कुनै पनि प्रकारले संलग्न नहुने बताएको थियो । पाकिस्तानका अधिकारीहरुले यो प्रतिक्रिया दिएको केही दिनभित्र नै पाकिस्तानका प्रधानमन्त्री इमरान खानले भने आफूले बेलायत सरकारसँग वार्ता गर्ने धारणा सार्वजनिक गर्नुभएको हो ।




