संखुवासभा । चैनपुर नगरपालिका स्थित समाज स्पर्श समितिद्धारा नगरको सभाहलमा एक कार्यक्रमकाबीच स्वास्थ्य संस्थाहरुलाई पिपिइलगायत स्वास्थ्य सामाग्री वितरण गरिएको थियो ।
समाज स्पर्श समिति र एक्सन एड नेपालको साझेदारीमा संचालित स्थानीय अधिकार कार्यक्रम अन्तरगत चैनपुर नगरपालिका क्षेत्रका स्वास्थ्य संस्था तथा क्वारेन्टाइनहरुमा स्वास्थ्य सुरक्षा सामाग्री वितरण गरिएको संस्थाका सदस्य गोविन्दमा नतामाङले बताए ।
नगर प्रमुख भरतकुमार खत्रीको अध्यक्षतामा भएको सो कार्यक्रममा डिस्पोजिवल पिपिइ सेट ७५ थान, डिस्पोजिव लग्लोवस १ सयथान, डिस्पोजिवल माक्स २ सय थान, हेण्ड सेनिटाइजर ७ थान, लिक्वीड एन्टीसेप्टीक हेण्डवास ७ थान, केएन ९५ माक्स २० थान, लोवेड डिसेवल वेड, डिजेवल ह्वीलचियर लगायतका १ लाख ५७ हजार ४ सय १४ रुपैया मूल्य बराबरको सामाग्री संस्थाले नगरप्रमुख भरतकुमार खत्रीलाई हस्तान्तरण गरिएको समाज स्पर्श समितिका वालप्रयोजन तथा बालअधिकार अधिकृत खगेन्द्र डाँगीले जानकारी दिए।
कार्यक्रममा नगर प्रमुख खत्रीले कोभिड १९ को यो महामारीमा संस्थाले गरेको सहयोग प्रति धन्यवाद दिएका थिए । यसैगरी कार्यक्रममा सहयोगी संस्थाको तर्फबाट संस्थाका सदस्य गोविन्दमान तामाङले आफ्नो धारण राखेका थिए ।





