कोशी प्रदेश

बाघको आक्रमणबाट तीन जना शक्त घाइते

संखुवासभा । धर्मदेवी नगरपालिका वडा नंं ४ स्थित हुम्लीङ्गमा बाघको आक्रमणबाट ३ मानिस शक्त घाइते भएको छ ।
मंगलबार विहान ८ बजे बाघको आक्रमणबाट वर्ष ७६ को धान बहादुर घिमिरे, वर्ष २५ को गणेश घिमिरे, र वर्ष ४० को टंक श्रृपाली वस्नेत शक्त घाइते भएका हुन । बाघले मानिस मात्र होइन १२ बढी बाख्रा पनि सखाप बनाएको थियो । विहानै बाख्राको खोरमा बाघ देखेपछि स्थानीयले प्रहरीलाई खवर गरेका थिए । जस बहादुर जिमीको ६ वटा बाख्रा, लिला बहादुर वस्नेतको ६ वटा र टंक श्रृपाली वस्नेतको १ वटा बाख्र बाघले मारिसको छ ।

बाघले मानिसलाई समेत आक्रमण गर्नथालेपछि प्रहरी चौकी याख्याचोकबाट खटिएको प्रहरी टोली र सब डिभिजन कार्यालय धर्मदेवी नगरपालिकाका प्रतिनिधि सहितको सुरक्षा टोलीले बाघलाई नियन्त्रण गर्न खोज्दा बाघको समेत मृत्यु भएको थियो । बाघको आक्रमणबाट घाइते भएकाहरुको उपचारको लागि प्राथमिक स्वास्थ्य केन्द्र चैनपुर तर्फ लगिएको वडा नं. ४ का वडाध्यक्ष अनिल लिङ्गखाले वताए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *