काठमाडौँ । स्वास्थ्य मन्त्रालयको नियमित प्रसारण हुने कोरोना भाइरससम्बन्धी प्रेस ब्रिफिङ ५ दिनका लागि रोकिने भएको छ ।
मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले दसैं विदा हुने भएकाले शुक्रबारदेखि मंगलबारसम्म प्रेस ब्रिफिङ बन्द गरिने जानकारी दिएका हुन् । यसअवधिमा मन्त्रालयको स्वास्थ्य मोबाइल एप्लिकेसन, स्वास्थ्य मन्त्रालयको भाइबर ग्रुप र वेबसाइटबाट कोरोनासम्बन्धी जानकारी लिन सकिने उनको भनाई छ ।
प्रवक्ता प्रा.डा. गौतमका अनुसार बिदा लगत्तै अर्को बुधबारदेखि थप परिस्कृत रुपमा मिडिया ब्रिफिङ प्रस्तुत हुनेछ ।




