समाचार

हरिवंश आचार्य र उनकी श्रीमती कोरोना संक्रमणमुक्त

काठमाडौँ – हास्यकलाकार हरिवंश आचार्य र उनकी श्रीमती रमिला कोरोना संक्रमणमुक्त भएका छन् ।

सामान्य लक्षण देखिएपछि उनीहरुले पीसीआर परीक्षण गर्दा असोज २० गते उनीहरूमा संक्रमण देखिएको थियो । आज १६ दिनपछि कोरोना परीक्षणको रिपोर्ट नेगेटिभ आएको हरिवंशले आफ्नो फेसबुक पेजमार्फत जानकारी दिएका छन् ।

संक्रमण देखिएपछि दुवै जना होम आइसोलेसनमा बसेका थिए । आज फेसबुकमा पोष्ट गर्दै उनले भनेका छन्, ‘हाम्रो कोरोनाको रिपोर्ट नेगेटिभ आएको छ। हामीलाई धेरै धेरै माया दिनुहुने सब्बैमा धन्यवाद ।’

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *