कोशी प्रदेश

ट्रेड युनियन विभागका केन्द्रीय सदस्य अधिकारीले भने कम्युनिष्ट नेतृत्वको सरकारले शासन गर्ने नैतिक आधर गुमायो

काठमाडौं । नेपाली कांग्रेस पाँचखपन नगरपालिका वडा कार्य समिति वडा नम्बर ८ ले विजय दशमी, शुभदीपावली र छट पर्वको अवसरमा शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न गरेको छ ।

वडा समितिले नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधि एवं श्रमिक एवं ट्रेड युनियन विभागका केन्द्रीय सदस्य कुमारबाबु अधिकारीको प्रमुख आतिथ्यतामा शुभकामना आदन–प्रदान कार्याक्रम सम्पन्न गरेको हो । प्रमुख अतिथि अधिकारीले मुलुकको विकास, शुसाशन, शान्ति सुरक्षा कांग्रेस नेतृत्वबाट मात्र संभव हुने दाबी गरे । कम्युनिष्ट सरकार दायित्व विमुख भएको र मानवीय संवेदना समेत गुमाएको  उनको आरोप थियो ।

कार्यक्रममा नगर प्रमुख विपिन राई, शिक्षक संघका जिल्ला अध्यक्ष एवं पूर्व पार्टी सचिव थिरबहादुर राई, नगर सह–संयोजक शेरकुमार कार्की,महिला नेतृ सीता श्रेष्ठ, वडा सभापति दमन न्यौपाने लगायतका नेताहरुले शुभकामना मन्तब्य व्यक्त गरेका थिए ।

कार्यक्रमा नेकपा परित्याग गरेर दर्जनौ नेपाली कांग्रेसमा प्रवेश गरेका थिए । नवप्रवेशीलाई प्रमुख अतिथि अधिकारी र पार्टीका स्थानीय नेताहरुले स्वागत गरेका थिए । पाँचखपनमा नेकपा र अन्य राजनीतिक दल परित्याग गरी कांग्रेसमा प्रवेश गर्नेहरुको लहरै चलेको छ ।

यस अघि पाँचखपनमा भएका विभिन्न कार्याक्रममा सयौंको संख्यामा अन्य राजनीतिक दल परित्याग गरेर कांग्रेस प्रवेश गरेका थिए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *